तारागाँउ रिजेन्सी होटलको लाभांश आज पारित हुँदै

<p>काठमाडौं । तारागाँउ रिजेन्सी होटल कम्पनीको २६ औँ वार्षिक साधारण सभा बुधबार हुने भएको छ । कम्पनीको वार्षिक सभा आज फागुन ३ गते नेपाल पर्यटन बोर्डको हलमा बिहान ११ बजे सुरू हुनेछ । होटलको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ [&hellip;]</p>

काठमाडौं । तारागाँउ रिजेन्सी होटल कम्पनीको २६ औँ वार्षिक साधारण सभा बुधबार हुने भएको छ । कम्पनीको वार्षिक सभा आज फागुन ३ गते नेपाल पर्यटन बोर्डको हलमा बिहान ११ बजे सुरू हुनेछ ।

होटलको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्नेछ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सञ्चालक सुरेश राज जोशी, अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ, देवेश सराफ र श्रीबत्स शम्सेर ज.व.राणा र मनोज प्रसाद राजभण्डारीको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

Share News