तारागाउँ रिजेन्सीको नगद लाभांश पारित, सञ्चालक नियुक्ति प्रस्ताव स्थगित

<p>काठमाडौं । तारागाउँ रिजेन्टी होटल्सको प्रस्तावित नगद लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले लाभांश करसमेत ८.४२ प्रतिशत नगद लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले चुक्ता पुँजीको सो मात्राको नगद लाभांश पाउने छन् । तर उक्त सभाले सञ्चालक नियुक्त सम्बन्धी प्रस्तावलाई भने हाल स्थगित गरेको छ । सभामा लगानीकर्ता [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्टी होटल्सको प्रस्तावित नगद लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले लाभांश करसमेत ८.४२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

यससँगै सेयरधनीले चुक्ता पुँजीको सो मात्राको नगद लाभांश पाउने छन् ।

तर उक्त सभाले सञ्चालक नियुक्त सम्बन्धी प्रस्तावलाई भने हाल स्थगित गरेको छ । सभामा लगानीकर्ता तथा सेयरधनीहरुले कम्पनीको सञ्चालक नियुक्ति सम्बन्धी प्रकृया नपुगेकोभन्दै विवाद गरेपछि उक्त प्रस्ताव हाललाई स्थगित भएको हो ।

यो विषयमा नेपाल धितोपत्र बोर्डमा उजुरी समेत परिसकेको सेयरधनी तिलक कोइरालाले बताए । साथै, सञ्चालक नियुक्ति प्रकृया कानुनसंगत नभए अदालत जाने समेत उनले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार : तारागाउँ रिजेन्सी होटलविरुद्ध सेबोनमा उजुरी, कानुनसंगत नभए अदालत जाने लगानीकर्ताको चेतावनी

Share News