सिविआईएल क्यापिटलको स्वतन्त्र संचालकमा दुई जना नियुक्त

<p>काठमाडौं, १ कात्तिक । सिविआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र संचालकमा दुई जना नियुक्त भएका छन् । सोमबार संस्थाको संचालक समितिको बैठकले कमल विक्रम सिंह र भोला प्रसाद पाण्डेलाई आगामी २ वर्षको लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्ति गरेको हो । सिविआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा श्री नागरीक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी [&hellip;]</p>

cbil_capitalकाठमाडौं, १ कात्तिक । सिविआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र संचालकमा दुई जना नियुक्त भएका छन् । सोमबार संस्थाको संचालक समितिको बैठकले कमल विक्रम सिंह र भोला प्रसाद पाण्डेलाई आगामी २ वर्षको लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्ति गरेको हो ।

सिविआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा श्री नागरीक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । उक्त कम्पनीले नेपाल धितो पत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने अनुमति पाएको छ ।

संस्थाको रजिष्ट्रर कार्यालय काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रहेको छ । संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका १४ अञ्चल स्थित सम्पूर्ण शाखा कार्यलयहरुबाट प्रदान गरी त्यहाँ अवस्थित इच्छुक लगानी कर्ताहरुलाई संस्थाको व्यावसायिक तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ ।

Share News