लगातार दुई पटक विश्वको सबैभन्दा प्रशंसित कम्पनी बन्यो मेटलाईफ

<p>न्यूयोर्क । मेटलाइ फर्च्युन म्यागजिनको २०२३ को &#8216;विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू&#8217; को सूचीमा पर्न सफल भएको छ । यससँगै कम्पनी लगातार दुई पटक आफ्नो नाम उक्त सूचीमा समावेश गर्न सफल भएको हो । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई समावेश गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई [&hellip;]</p>

न्यूयोर्क । मेटलाइ फर्च्युन म्यागजिनको २०२३ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू’ को सूचीमा पर्न सफल भएको छ । यससँगै कम्पनी लगातार दुई पटक आफ्नो नाम उक्त सूचीमा समावेश गर्न सफल भएको हो ।

उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई समावेश गरिएको थियो ।

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षण गरि बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फच्र्युनको कर्न फेरि नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले आफ्नो कम्पनीले थप समावेशी र समतामूलक कार्यस्थल र समाज निर्माण गर्ने प्रतिबद्धता राखेको बताए ।

‘हामीेले गरिरहेका कामहरु प्रति हामी गौरवान्वित छौं, र यो सम्मान हाल र भविष्यमा सकारात्मक प्रभाव पार्नका लागि हाम्रा कर्मचारीहरुले देखाएको समर्पण र प्रतिवद्धताको एक उदाहरण हो,’ उनले भने ।

Share News