यती एयरलाइन्स दुर्घटना : नेपाल लाइफले मृतकको परिवारलाई दियो एक करोड बढी

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एक करोड एक लाखको दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले यती एयरलाइन्सको दुर्घटनामा मृतक परिवारलाई सो रकमको बीमा दावी भुक्तानी गरेको हो । इन्स्योेन्सले बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतक संगिता शाहीले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरेको हो । पोखरा [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एक करोड एक लाखको दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले यती एयरलाइन्सको दुर्घटनामा मृतक परिवारलाई सो रकमको बीमा दावी भुक्तानी गरेको हो ।

इन्स्योेन्सले बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतक संगिता शाहीले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरेको हो । पोखरा उ.म.पा-१७, कास्की ठेगाना भएकी बीमित संगिता शाहीको गत माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो ।

आफ्नो जीवनकालमा स्वर्गीय संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख रुपैयाँ बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएकी थिइन् । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र दुर्घंटना मृत्यु दावी बापत ५० लाख रुपैयाँ गरी जम्मा एक करोड एक लाख रुपैयाँ इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।

Share News