काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ८ औँ वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ७ गते बसेको बैठकले चैत्र ४ गते दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान साढे ९ बजे बोलाएको हो ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरी कूल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूह (समूह “ख“) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पदको निर्वाचन गर्नेछ ।
यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ पुर्याउने प्रस्तव पारित गर्नेछ । साथै, अन्य कुनै उपयुक्त लघुवित्त संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २१ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।