
काठमाडौं । दुबई र कतारको लागि बाइक राइडर र ट्याक्सी ड्राइभरको काममा पूर्वस्वीकृति प्रदान नगर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । ती देशमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा काम असुरक्षित भएकाले सो निर्णय गरिएको विभागले जनाएको छ ।
‘पछिल्लो समय बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा वैदेशिक रोजगारीको लागि दुवई र कतार मुलुकमा जाने अधिकांश श्रमिकहरु समस्यामा परेको, स्वीकृत मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम बिहिन भई बस्नुपरेको’ विभागले सूचनामा उल्लेख गरेको छ ।
त्यस्तै विभागले अधिकांश श्रमिकहरु धेरैपटक ट्राफिक कारवाहीमा परी ठूलो रकम जरिवाना बुझाउनु परेको र सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमिले गर्दा दुर्घटना समेत हुने गरेको जनाएको छ । उजुरी र गुनासोका आधारमा विभागले फागुन ८ गते सो निर्णय गरेको जनाएको छ ।
विभागको सूचना
