मनकामना दर्शनद्धारा शहिद लखन गाउँपालिकालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर सहयोग

<p>काठमाडौं । मनकामना दर्शनले सामाजिक शहिद लखन गाउँपालिकालाई गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपालिकालाई फोहोर व्यवस्थापन कार्यको लागि महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरेको हाे । कम्पनीले विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्रकाे ट्याक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटार स्थित अग्नी इनकर्पोरेटेडको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक [&hellip;]</p>

काठमाडौं । मनकामना दर्शनले सामाजिक शहिद लखन गाउँपालिकालाई गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपालिकालाई फोहोर व्यवस्थापन कार्यको लागि महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरेको हाे ।

कम्पनीले विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्रकाे ट्याक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटार स्थित अग्नी इनकर्पोरेटेडको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत यसका उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो ।

उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहने मनकामना दर्शनले जनाएकाे छ ।

Share News