पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गरौं : सूर्यप्रसाद सिलवाल

<p>काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका छन् । सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी कार्यक्रममा पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका हुन् । अध्यक्ष सिलवालले आर्थिकरुपले सम्पन्न व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न र विपन्न बर्ग पहिचान गरी बीमा गर्नका लागि आर्थिक सहायताको [&hellip;]</p>

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका छन् ।

सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी कार्यक्रममा पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका हुन् ।

अध्यक्ष सिलवालले आर्थिकरुपले सम्पन्न व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न र विपन्न बर्ग पहिचान गरी बीमा गर्नका लागि आर्थिक सहायताको व्यवस्था गर्न पनि आग्रह गरे ।

यस्तै, महानगरपालिकाकी उपप्रमुख मञ्जुदेबी गुरुङले बीमा दाबी भुक्तानीमा देखिएका समस्या समाधान गरी दाबी भुक्तानीलाई सरल बनाउन र बीमा सम्बन्धी नीति तथा कार्यक्रम तर्जूमामा महानगरलाई सहयोग गर्न प्राधिकरणसँग आग्रह गरिन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महागरभित्रका घर लगायतका सम्पत्तिको बीमा गराउनका लागि महानगरपालिकाले पहल गर्ने बताएका छन् ।

Share News