दिगो सडक र सुरक्षित यातायातका लागि हेटौँडा घोषणा पत्र जारी

<p>काठमाडौं । नेशनल रोड सेफटी काउन्सिलले दिगो सडक र सुरक्षित यातायातका लागि हेटौँडा घोषणा पत्र जारी गरेकाे छ । नेशनल रोड सेफटी काउन्सिल नेपालको आयोजनामा दिगो सडक र सुरक्षित यातायातका लागि हेटौँडा घोषणा पत्र जारी गरेकाे हाे । उक्त कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको नेशनल रोड सेफटी काउन्सिल नेपालको आयोजना, नेपाल अटोमोबाइल्स एसोंसिएसन (नासा) नेपालको संयोजन तथा [&hellip;]</p>

काठमाडौं । नेशनल रोड सेफटी काउन्सिलले दिगो सडक र सुरक्षित यातायातका लागि हेटौँडा घोषणा पत्र जारी गरेकाे छ । नेशनल रोड सेफटी काउन्सिल नेपालको आयोजनामा दिगो सडक र सुरक्षित यातायातका लागि हेटौँडा घोषणा पत्र जारी गरेकाे हाे ।

उक्त कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको नेशनल रोड सेफटी काउन्सिल नेपालको आयोजना, नेपाल अटोमोबाइल्स एसोंसिएसन (नासा) नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ ।

१०० जना बढीक सहभागिता रहेको  कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातका लागि विभिन्न कार्यपत्रमा छलफल भएको छ ।

नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको भेहिकल फिटनेस सेन्टरका प्रमुख कृष्ण यादवले सडक यातायातको अवस्था र सडक सुरक्षाको लागि नेपाल सरकारले चालेको कदमको बारेमा प्रस्तुति दिए ।

कार्यक्रममा ११ बुँदे हेटौँडा घोषणा–पत्र अनुमोदन गर्दै १५ वटा पेशागत र व्यावसायिक संघ संस्थाका बीचमा चितवनकी रिना गुरुङको संयोजकत्वमा बागमती प्रदेश एलाइन्स पनि गठन गरिएको छ ।

Share News