काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् ।
नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तर) को फागुन ४ को बैठकले पोखरे सञ्चालकमा नियुक्त गरेको हो ।
नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्षसमेत रहेकी पोखरेल कम्पनीलाई आफ्नो कार्यकालमा स्वच्छ, पारदर्शी र बिवादरहित बनाउने बताएकी छिन् ।