सगरमाथा इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको २६ औं साधारण सभाबाट कम्पनीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश पारित भएको हो । सभाले नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति पत्र बमोजिम २० प्रतिशत संस्थापक सेयरलाई समानूपातिक रुपमा सर्वसाधारण सेयरधनी समुहमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, सभाले मर्जर सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको २६ औं साधारण सभाबाट कम्पनीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश पारित भएको हो ।

सभाले नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति पत्र बमोजिम २० प्रतिशत संस्थापक सेयरलाई समानूपातिक रुपमा सर्वसाधारण सेयरधनी समुहमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, सभाले मर्जर सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर १०० कित्ता र लूम्बिनि जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर ८० कित्ता सेयर (१००:८०) कायम हूने गरी निर्धारण गरिएको सेयर आदन प्रदान अनूपात हुने गरी गरिएको मर्जर प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को तुलनामा ७८/७९ मा १८.१६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै २ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा शूल्क आर्जन गरी एनएफआरएस अनुसार ३७ करोड ८ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

साथै, कम्पनीले कुल दावी भूक्तानी तर्फ यस आर्थिक वर्ष गत बर्षको तुलनामा ३९.३४ प्रतिशतले बृद्धि गरि १ अर्ब ८५ करोड ६० लाख ६७ हजार भूक्तानी गरेको जानकारी दिएकाे छ ।

 

Share News