काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजुले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । दुवै कम्पनीलेलहितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएका छन् ।
बोटलर्स नेपाल तराईको गत पुस २७ गते सम्पन्न ३६ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले वितरण गरेको उक्त ६० प्रतिशत नगद लाभांश माघ २३ गतेदेखि नै सेयरधनीहरूको खातामा पठाइएको कम्पनीले जनाएको छ ।
यस्तै, बोटलर्स नेपाल बालाजुको गत पुस २७ गते सम्पन्न ४४ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले वितरण गरेको उक्त ६० प्रतिशत नगद लाभांश माघ २३ गतेदेखि नै सेयरधनीहरूको खातामा पठाइएको कम्पनीले जनाएको छ ।
कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नं. परिवर्तन हुने हुँदा नयाँ खाता नम्बर अद्यावधिक गराउनु कम्पनीले आग्रह गरेको छ ।
बैंक खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।