नेपाल पुनर्बीमाले बानेश्वरमा ८ तल्लाको व्यवसायिक भवन निर्माण गर्दै

<p>काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले व्यवसायिक भवन निर्माण गर्ने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका ३१, शान्तिनगर बानेश्वरमा ८ तल्लाको व्यवसायिक भवन निर्माण गर्ने भएको हो । कम्पनीले बानेश्वरमा २३६२.८५ वर्ग मिटर अर्थात् ४ रोपनी १० आना जग्गामा उक्त भवन निर्माण गर्न लागेको हो । कम्पनीले निर्माण गर्ने उक्त भवन भुइँ तल्ला समेत गरी ८ [&hellip;]</p>

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले व्यवसायिक भवन निर्माण गर्ने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका ३१, शान्तिनगर बानेश्वरमा ८ तल्लाको व्यवसायिक भवन निर्माण गर्ने भएको हो ।

कम्पनीले बानेश्वरमा २३६२.८५ वर्ग मिटर अर्थात् ४ रोपनी १० आना जग्गामा उक्त भवन निर्माण गर्न लागेको हो । कम्पनीले निर्माण गर्ने उक्त भवन भुइँ तल्ला समेत गरी ८ तल्लाको ३० मिटर अग्लो हुनेछ । साथै, २ तल्लाको बेसमेन्ट र टु फ्लोर हाइट ३.७५ मिटर रहनेछ ।

भवन निर्माणको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी गर्ने भएकाले उक्त क्षेत्रको परिस्थितिकीय प्रणाली, प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, आर्थिक प्रणाली, साँस्कृतिक प्रणालीमा पार्ने प्रभावका बारेमा पेश गर्न कम्पनीले आग्रह गरेको छ । त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव ७ दिन भित्र उपलब्ध गराउन कम्पनीले अनुरोध गरेको हो ।

नेपाल पुनर्बिमा कम्पनी प्रस्तावक रहेको छ भने परामर्शदाता स्याप वाटर एण्ड इनिजी डेभेलपर्स प्रालि रहेको छ ।

Share News