प्रिमियममा १८ बीमा कम्पनी : आरबीसीएल र हिमालयन एभरेष्टबीच टक्कर, पछ्याउँदै सगरमाथा

<p>काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको बिजनेस गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्ममा २१ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणको [&hellip;]</p>

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको बिजनेस गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशतले बढी हो ।

कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्ममा २१ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणको अनुसार बिजनेस विस्तारमा राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) एग्रेसिभ देखिएको छ । कम्पनीले एक वर्षको अवधिमा १२९.७७ प्रतिशतले आफ्नो बिजनेस ग्रोथ गरेको छ । गत आवको माघमा ७३ करोड ९१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आवको माघसम्ममा १ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, व्यवसाय विस्तारमा आक्रामक बन्नेको सूचीमा लुम्बिनी जनरल दोश्रो, अजोड तेश्रो, सानिमा जिआईसी चौथो र पाँचौंमा आईएमई जनरल रहेको छ । यी इन्स्योरेन्सले क्रमशः २४, १६, ११.४७ र ११.२७ प्रतिशतले बीमाशुल्क संकलनमा वृद्धि गरेका छन् ।

समीक्षा अवधिमा ५ वटा कम्पनीको बिजनेस भने घटेको छ । जसमा नेको, सगरमाथा, प्रिमियर, प्रुडेन्सियल र युनाइटेड इन्स्योरेन्स रहेका छन् । यीमध्ये पनि युनाइटेड इन्स्योरेन्सको बिजनेस सबैभन्दा बढी अर्थात ३०.५१ प्रतिशतले घटेको छ । सगरमाथाको १३.६३ प्रतिशत, प्रिमियरको ४.८० प्रतिशत, प्रुडेन्सियलको १.३३ प्रतिशत र नेकोको १.२१ प्रतिशतले बीमाशुल्क घटेको देखिएको छ ।

यता रकमको आधारमा सबैभन्दा बढी रकमको बिजनेश शिखर इन्स्योरेन्सले गरेको छ । इन्स्योरेन्सले ६ महिनाको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७७ प्रतिशतले बढी हो । त्यस्तै, दोश्रोमा रहेको नेकोले १ अर्ब ७५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

यता राष्ट्रिय बीमा कम्पनी र हिमालयन एभरेष्टबीच टक्कर देखिएको छ । चालु आवको ६ महिनामा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६९ करोड ८२ लाख संकलन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६९ करोड ८१ लाख रुपैयाँ संकलन गरेको छ । तर गत वर्षको सोही अवधिको तुलनामा भने राष्ट्रिय बीमा कम्पनी बिजनेस विस्तारमा आक्रामक देखिएको छ । राष्ट्रिय बीमा कम्पनीले १२९.७७ प्रतिशतले बिजनेस बढाउँदा हिमालयन एभरेष्टले ०.४८ प्रतिशतले बढाएको छ ।

यसैगरी, १८ कम्पनीमध्ये १२ कम्पनी अर्ब क्लबमा छन् भने बाँकी ६ कम्पनी करोड क्लबमा रहेका छन् । प्रभु, नेपाल, दि ओरियन्टल, प्रुडेन्सियल, युनाइटेड र नेशनल इन्स्योरेन्स करोडको क्लबमा रहेका छन् । सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स रहेको छ । जसले ६ महिनाको अवधिमा ५८ करोड २२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको सोही अविधिको तुलनामा ९.७९ प्रतिशतले बढी हो ।

Share News