काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । फागुन १२ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५० प्रतिशत अर्थात एक बराबर १.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नियमनकारी नियकाहरुबाट भने स्वीकृति हुनु पर्ने छ । त्यसपछि मात्रै कम्पनीले उक्त प्रस्तावलाई आगामी वार्षिक साधारण सभामा पेश गर्ने छ ।
यसअघि कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । जुन २०७८ पुस ३० गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले रद्द गरिदिएको थियो । त्यसको करिब एक वर्षपछि भने कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।