काठमाडौं । बलेफी हाइड्रोपावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई एक बराबरको ०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
हाइड्रोले बैंकको ऋण तिर्न अर्थात चुक्ता गर्नको लागि सो मात्राको हकप्रद जारी गर्न लागेको कम्पनी अध्यक्ष उमेश कसजुले बताए ।
हाल हाइड्रोको चुक्ता पुँजी १ अर्ब ८२ करोड रुपैयाँ छ ।