आईएमई लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, आईपीओको लागि अख्तियारी दिने

<p>काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंङ्क्वेट्समा आफ्नो छैटौं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभाले साधारण सेयर अर्थात आईपीओ जारी गर्ने प्रस्तावलाई पारित गर्दै छ । जसको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष [&hellip;]</p>

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंङ्क्वेट्समा आफ्नो छैटौं वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभाले साधारण सेयर अर्थात आईपीओ जारी गर्ने प्रस्तावलाई पारित गर्दै छ । जसको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

त्यसैगरी, कम्पनीको पुँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरिने र कम्पनी सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावलाई सभाले पारित गर्दै छ ।

Share News