एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत छुट दिने

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीलेले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ५० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो । समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखमा ५० प्रतिशत व्याज छुट दिन लागेको हो । यससँगै बीमितले [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीलेले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ५० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो ।

समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखमा ५० प्रतिशत व्याज छुट दिन लागेको हो । यससँगै बीमितले २०७९ फागुन १५ गतेदेखि चैत ३० गतेभित्र पुर्नजागरण गराएमा मात्रै उक्त छुट पाउने कम्पनीले जनाएको छ ।

यो छुट २०७७ फागुन १४ गतेदेखि व्यतित भएका बीमालेखहरुमा मात्रै पाइने छ । जसको लागि कम्पनीले विभिन्न तीन वटा शर्त राखेको छ ।
फागुन १४ गतेसम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र ब्याज छुट दिइने छ । तर सो मितिभन्दा अघि परिपक्व हुने बीमालेखहरुमा भने यो छुट पाइदैन ।

त्यस्तै, जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भएपश्चात एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट नदिने कम्पनीले जनाएको छ ।

Share News