
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ कम्पनीको सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा सोल्टि होटल, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको ८३ लाख २० हजार ६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सोल्टी होटलको ५ प्रतिशत बोनस वापतको ४२ लाख १३ हजार ५३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस वापतको १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो
यस्तै, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस वापतको ११ लाख ५७ हजार ६९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२११ प्रतिशत नगद गरी कूल ८.४२११ प्रतिशत लाभांश वितरण गरेको थियो
यस्तै, प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस वापतको १७ लाख ४९ हजार ४५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो