प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुँदै

<p>काठमाडौं । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार बुधबारदेखि रोक्का हुने भएको छ । दुई कम्पनीले फागुन १७ गते बुधबारदेखि  सिद्धार्थ इन्स्योरेन्ससँग सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्न लागेको हुँदा सेयर कारोबार  बुधबारदेखि रोक्का हुने भएको हो । प्रिमियर र सिद्धार्थबीच बराबरी हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको [&hellip;]</p>

काठमाडौं । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार बुधबारदेखि रोक्का हुने भएको छ ।

दुई कम्पनीले फागुन १७ गते बुधबारदेखि  सिद्धार्थ इन्स्योरेन्ससँग सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्न लागेको हुँदा सेयर कारोबार  बुधबारदेखि रोक्का हुने भएको हो ।

प्रिमियर र सिद्धार्थबीच बराबरी हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहने छन् ।

सो अनुसार मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

Share News