बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, ९०७ जनाले पाए १० कित्ता

<p>काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । मंगलबारका दिन बाँडफाँट गरिएको लघुवित्तको आईपीओमा ९०७ जनाले १० कित्ता प्राप्त गरेको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको छ । लघुवित्तको आईपीओमा १० कित्तादेखि १ हजार कित्ताका लागि १५ हजार ९१८ जनाले आवेदन दिएका थिए । लघुवित्तको आईपीओ निष्काशन [&hellip;]</p>

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । मंगलबारका दिन बाँडफाँट गरिएको लघुवित्तको आईपीओमा ९०७ जनाले १० कित्ता प्राप्त गरेको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको छ ।

लघुवित्तको आईपीओमा १० कित्तादेखि १ हजार कित्ताका लागि १५ हजार ९१८ जनाले आवेदन दिएका थिए । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ ।

लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये ९ हजार ७ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको थियो । लघुवित्तले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म बिक्री खुला गरेको थियो ।

Share News