आशा लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरणको लागि लघुवित्तले [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरणको लागि लघुवित्तले फागुन २६ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्नेछन् ।

Share News