सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई नम्बर वान कायम राख्छौं : अध्यक्ष श्रेष्ठ

<p>काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरपश्चात् नम्बर वान कम्पनीका रुपमा उदाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले बताएका छन् । यसअघि पनि अग्रणी कम्पनीका रुपमा रहेका यी कम्पनी मर्जर पश्चात् झनै ठूलो बनेको अध्यक्ष श्रेष्ठले बताए । बुधबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबारमा बोल्दे उनले यो मर्जरले बीमा क्षेत्रमा कोशेढुंगा सावित [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरपश्चात् नम्बर वान कम्पनीका रुपमा उदाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले बताएका छन् । यसअघि पनि अग्रणी कम्पनीका रुपमा रहेका यी कम्पनी मर्जर पश्चात् झनै ठूलो बनेको अध्यक्ष श्रेष्ठले बताए ।

बुधबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबारमा बोल्दे उनले यो मर्जरले बीमा क्षेत्रमा कोशेढुंगा सावित हुने बताए । उनले नम्बर वानको ताजलाई कायम राख्नेगरी काम गर्ने बताए ।

‘दुई अग्रणी कम्पनी मर्जर गर्न सफल भएका छन्, मर्जर पश्चात् अधिकांश वित्तीय सूचकमा नम्बर वान बनेका छौं, यो मर्जर सबै कम्पनीका लागि कोशेढुंगा सावित हुनेछ, मर्जर पछि नम्बर वानको ताजलाई कायम राख्नेछौं,’ उनले भने ।

हालसम्म बीमा प्राधिकरणका नीति निर्देशन पालना गर्दै आएकोमा मर्जर पश्चात् पनि त्यसलाई निरन्तरता दिने उनले बताए ।

मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ र बीमा कोष २ अर्ब ३४ करोड रुपैयाँ पुगेको उनको भनाइ छ । साथै, कम्पनीको कूल लगानी ७ अर्ब ३० करोड रुपैयाँ र कूल सम्पत्ति १० अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

मर्जरपश्चात् कम्पनीको शाखा कार्यालय १२५ पुगेका छन् भने कर्मचारीको संख्या ६५० जना पुगेको छ । कम्पनीको बजार हिस्सा १८ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

Share News