काठमाडौं । स्वरोजगार लघुवित्तले १४ औं वार्षिक साधाण सभा बोलाउने निर्णय गरेको छ । लघवित्तको बुधबार बसेको संचालक समितिको बैठकले चैत ११ गते साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीले प्रस्ताव गरेको २३.१६७९ प्रतिशत लाभांश पारिथ गर्नेछ । लघुवित्तको संचालक समितिले हाल कायम चुक्ता पूँजीबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजनको लागि लघुवित्तले फागुन ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन २९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा लघुवित्तको सेयरधनीको रुपमा कारोबार गरेकाले मात्र लाभांश पाउनेछन् ।