छुटै छुटकाे ‘बिग सिजी डे’ हुँदै

<p>काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजीटल ईकमर्सले फेरी पनि बिग सिजी डे २.३.२३ योजना ल्याएको छ । बिग सिजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा सि.जी. डिजीटल ई कमर्सले मनाउँदै आएको छ । यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यहि मार्च ३ देखी मार्च १० [&hellip;]</p>

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजीटल ईकमर्सले फेरी पनि बिग सिजी डे २.३.२३ योजना ल्याएको छ । बिग सिजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा सि.जी. डिजीटल ई कमर्सले मनाउँदै आएको छ ।

यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यहि मार्च ३ देखी मार्च १० तारिखसम्म उपलब्ध हुने बताइएकाे छ ।

यस योजनामा नि:शुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरुलाई १२ प्रतिशतसम्मको थप विशेष छुटकाे व्यवस्था रहेकाे छ ।

कम्पनीकाे अनुसार बिग सिजी. डे २.३.२३ मा सिजी ग्रुप अन्तर्गत सिजी. इलेक्ट्रोनिक्स, सिजी. फुड्स, सिजी नेट, सि.जी. हिल्स्, सि.जी. एजुकेशन, सि.जी. हस्पिटालिटीका विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको छ ।

 

Share News