काठमाडौं । सुपर मादी हाइड्रोपावर र शुभम पावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।दुवै कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
सुपर मादी हाइड्रोपावरको पनि २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीको सेयरलाई नेप्सेले प्रति कित्ता न्युनतम ९९ रुपैयाँ ८० पैसादेखि २९९ रुपैयाँ ४० पैसा सम्मको ओपनिङ्ग रेन्ज दिएको छ । सोहि रेन्जको आधारमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबार हुनेछ ।
यस्तै, शुभम पावरको दुई करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले प्रति कित्ता न्युनतम ९९.८० रुपैयाँदेखि २९९.४० रुपैयाँ सम्मको ओपनिङ्ग रेन्ज दिएको छ ।