काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष लक्ष्मण पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । पौडेलले बिहीबार बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा पौडेल सर्वसम्मतिबाट चयन भएका हुन् ।
सपथ लिँदै अध्यक्ष पौडेलले आगामी दिनमा समेत कम्पनीको ख्यातिलाई उच्च राखी बीमितहरुको विश्वासलाई कायम राख्न तथा सेयरधनीहरुको लगानीलाई सुनिश्चत र उचित प्रतिफल दिने प्रतिवद्धता समेत जनाए । 