काठमाडौं । राष्ट्रि बीमा कम्पनीले हालसम्म परेका दावी भुक्तानी गर्नुपर्ने रकम बाहेक तिर्नुपर्ने बाँकी रकम नरहेको बताएको छ । कम्पनीले कारोबारको क्रममा रहेका बीमा दावी बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको बताएको हो ।
साथै कम्पनीले यदि कुनै व्यक्ति तथा संघसस्थाको गत असार मसान्तसम्मको रकम भुक्तानी हुन बाँकी रहेको छ भने ३५ दिनभित्र जानकारी गराउन भनेको छ ।
‘कम्पनीले आफ्नो कारोबारको क्रममा बीमा दावी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी बक्यौता राखेको छैन, कुनै व्यक्ति, संघ, संस्थाको बीमा दावी बाहेक कुनै रकम भुक्तानी गर्न बाँकी भए सम्कर्प गर्नुहोला,’ कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
२०७९ असार मसान्तसम्मको बाँकी रहेको रकम ३५ दिन भित्र के कति र के बापतको रकम भुक्तानी हुन बाँकी रहेको हो सोको सक्कलै प्रमाण कागजात सहित केन्द्रीय कार्यालय काठमाडौंमा भुक्तानी माग गर्न आउन कम्पनीले आग्रह गरेको हो ।
तोकिएको म्यादभित्र भुक्तानीको लागि नआए, रीत नपुगी आएमा भुक्तानी नहुने र भविष्यमा समेत यस्तो माग दावी उपर कुनै कारवाही नहुने कम्पनीले बताएको छ ।