काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका स्वतन्त्र विज्ञ सञ्चालक जयन्त कुमार अग्रवालको राजिनामा स्वीकृत भएको छ । फागुन १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक अग्रवालको राजिनामालाई फागुन १६ गतेदेखि नै लागू गरी स्वीकृत गरेको हो ।
अग्रवालले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका हुन् ।