छिमेक लघुवित्तको आजसम्म सेयर किन्दा २५.२६ प्रतिशत लाभांश पाइने

<p>काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्त संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २५ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज फागुन २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्त संसथले [&hellip;]</p>

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्त संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २५ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज फागुन २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्त संसथले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कूल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न लघुवित्त संस्थाले २१ औँ वार्षिक साधारण सभा चैत्र १० गते हेटौडामा बिहान ११ बजे बोलाएको छ ।

Share News