काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाल सुनको मूल्य घटेर तोलाको एक लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सनको मूल्य घटेर तोलाको एक लाख २ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन तोलाको एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज चाँदीको मूल्यअघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर तोलाको एक हजार २६५ रुपैयाँ कायम भएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।