१४ अंकले बढ्यो नेप्से, साल्ट ट्रेडिङको सबैभन्दा बढी कारोबार

<p>काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेकाे छ । आजको भएको कारोबारमा नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले बढेर १९६३.६६ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ४० लाख बढी कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै [&hellip;]</p>

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेकाे छ । आजको भएको कारोबारमा नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले बढेर १९६३.६६ अङ्कमा कायम भएको हो ।

आज दुई सय ५९ वटा कम्पनीका ४० लाख बढी कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ काेर्पाेरेशनकाे १२ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, सबैभन्दा कमाउनेमा शिवम् पावर कम्पनीका सेयरधनी रहेका छन् । कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।

Share News