लाभांश र मर्जर प्रस्तावसहित प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

<p>काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गते, दियालो लर्डस प्लाजा बिरगंज, पर्सामा १२ः३० बजे वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँनीको ३.३२५ प्रतिशत बोनस सेयर [&hellip;]</p>

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गते, दियालो लर्डस प्लाजा बिरगंज, पर्सामा १२ः३० बजे वार्षिक साधारण सभा बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँनीको ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद गरी कूल ३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । साथै, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताप पनि पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

Share News