५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । बिहीबार सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुनको मूल्य घटेर एक लाख एक हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सनको मूल्य घटेर तोलाको एक लाख ५०० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुन तोलाको एक लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी [&hellip;]</p>

काठमाडौं । बिहीबार सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुनको मूल्य घटेर एक लाख एक हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सनको मूल्य घटेर तोलाको एक लाख ५०० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुन तोलाको एक लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज चाँदीको मूल्यअघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर तोलाको एक हजार २२० रुपैयाँ कायम भएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News