लाभांश पारित गर्न हिमालयन एभरेष्टले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको कम्पनीले सेयरधनीलाई कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरन्सले सेयरधनीलाई २.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव [&hellip;]</p>

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको कम्पनीले सेयरधनीलाई कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरन्सले सेयरधनीलाई २.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी चैत २९ गते बिहान ११ बजे काठमाडौंको थापागाँउस्थित बानेश्वर ब्याङ्केटमा हुने छ । सभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २.७५ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २९ करोड नाघ्ने छ ।

त्यस्तै, लाभांश वितरण गर्ने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी चैत ३ गते एकदिन बुक क्लोज गर्दै छ ।

Share News