फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्दै सगरमाथा लुम्बिनी

<p>काठमाडौं । मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार दुई कम्पनीले एकीकृत कारोबार गर्नको लागि उक्त मिति तय [&hellip;]</p>

फाइल फाटो

काठमाडौं । मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार दुई कम्पनीले एकीकृत कारोबार गर्नको लागि उक्त मिति तय गरेका हुन् । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको साधारण सभाले पारित गरिसकेको छ ।

त्यस्तै, दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतिको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) क्रमश १००:८० कायम रहनेछ ।

साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।

Share News