उत्पत्तिको प्रमाणपत्र अब सरकारबाटै, निजी क्षेत्रको प्राविधिक समितिको सिफारि लिने

<p>काठमाडौं ७, कात्तिक । निजी क्षेत्रका विभिन्न संघ संगठनबाट जारी हुँदै आएको उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने भएको छ। निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाको आम्दानीको राम्रो स्रोत बनेको यो व्यवस्था विवादित बन्दै गएका कारण सरकार आफैंले जारी गर्ने तयारी गरेको हो । सरकारले निजी क्षेत्रसहितको प्राविधिक समितिको सिफारिसका आधारमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने भएको [&hellip;]</p>

काठमाडौं ७, कात्तिक । निजी क्षेत्रका विभिन्न संघ संगठनबाट जारी हुँदै आएको उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने भएको छ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाको आम्दानीको राम्रो स्रोत बनेको यो व्यवस्था विवादित बन्दै गएका कारण सरकार आफैंले जारी गर्ने तयारी गरेको हो ।
certifacate-a
सरकारले निजी क्षेत्रसहितको प्राविधिक समितिको सिफारिसका आधारमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने भएको हो।

जिल्ला तहको कार्यालयले कृषि तथा औद्योगिकजन्य वस्तुको उत्पतिको प्रमाणपत्र जारी गर्ने योजना छ।

उत्पत्तिको प्रमाणपत्रको कार्यविधिको मस्यौदा तयार भइसकेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला उद्योग वाणिज्य संघलाई जारी गर्दा विकृति धेरै देखिएकाले सरकारी निकायबाटै निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्रको जारी गर्न लागेको हो। कारोबार दैनिकबाट ।

Share News