साढे ७ वर्षपछि शीतल निवासबाट बाहिरिन् विद्यादेवी भण्डारी (फोटोफिचर)

<p>काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी साढे ७ वर्षपछि शीतल निवासबाट बाहिरिएकी छन् । दुई कार्यकाल पूरा गरी सोमबार उनी शीतल निवासबाट बाहिरिएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै शीतल निवासबाट बाहिरिएकी हुन् । निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर विदाइ गरेका छन् । बुढानीलकण्ठस्थित निजी निवासमा मर्मतको क्रममा भएकाले उनी आज बालुवाटारस्थित [&hellip;]</p>

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी साढे ७ वर्षपछि शीतल निवासबाट बाहिरिएकी छन् । दुई कार्यकाल पूरा गरी सोमबार उनी शीतल निवासबाट बाहिरिएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै शीतल निवासबाट बाहिरिएकी हुन् । निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर विदाइ गरेका छन् ।

बुढानीलकण्ठस्थित निजी निवासमा मर्मतको क्रममा भएकाले उनी आज बालुवाटारस्थित छोरीको निवासमा गएको बताइएको छ ।

Share News