काठमाडौं । दुई निर्जीवन बीमा कम्पनी मर्जपश्चात बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति गठन भएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार शुरु गर्नुअघि सञ्चालक समिति गठन गरेका हुन् ।
सोमबार बिहान बसेको दुबै कम्पनीको सञ्चालक समितिको बैठकले नयाँ सञ्चालक समिति गठन गरेको हो । जसको अध्यक्षमा मनोहर दास मूल नियुक्त भएका छन् । उनी साविकको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष समेत रहेका थिए । अध्यक्ष मूलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् ।
यस्तै, सञ्चालकमा सिद्धार्थ मनी राजभण्डारी, अजिथ आर गुणवर्द्धने, गजेन्द्रलाल श्रेष्ठ, अरुण राज श्रेष्ठ र कमल भट्टराई नियुक्त भएका छन् । जसमध्ये सिद्धार्थ मनी राजभण्डारी, अजिथ आर गुणावर्दने र गजेन्द्रलाल श्रेष्ठ सगरमाथा इन्स्योरेन्सका सञ्चालक हुन् भने अरुण राज श्रेष्ठ र कमल भट्टराई लुम्बिनी जनरल इन्स्योरेन्सका हुन् ।
सञ्चालक अजिथ गुणवर्द्धनेले साविकको सगरमाथा इन्स्योरेन्समा श्रीलंकाको सेलिन्को इन्स्योरेन्स पिएलसीका संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । त्यस्तै, नवनियुक्त सञ्चालकमध्ये गजेन्द्र लाल श्रेष्ठ र कमल भटृराईले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने भएका छन् भने बाँकीले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने छन् ।