प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ जारी गर्दै आइएमई लाइफ इन्स्योरेन्स

<p>काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १७६ रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको [&hellip;]</p>

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो ।

इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १७६ रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो ।

बोर्डले अनुमति दिएमा कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ ।

Share News