यूएईका कप्तान भन्छन् : भोलि नेपालसँग जितिन्छ

<p>काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमले भोलिको खेलमा नेपालसँग जित्ने बताएका छन् । आज (बुधबार) पिएनजीसँग विजय भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भोलि नेपालसँग हुने खेलमा पनि राम्रो प्रदर्शन गरेर खेल आफ्नो पक्षमा पार्ने बताएका हुन् । ‘आज हामीले राम्रो खेल खेल्यौं, यसलाई हाम्रो कम ब्याकका रुपमा पनि बुझ्दा हुन्छ, हामी हाम्रा लागि विशेष दिन [&hellip;]</p>

काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमले भोलिको खेलमा नेपालसँग जित्ने बताएका छन् । आज (बुधबार) पिएनजीसँग विजय भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भोलि नेपालसँग हुने खेलमा पनि राम्रो प्रदर्शन गरेर खेल आफ्नो पक्षमा पार्ने बताएका हुन् ।

‘आज हामीले राम्रो खेल खेल्यौं, यसलाई हाम्रो कम ब्याकका रुपमा पनि बुझ्दा हुन्छ, हामी हाम्रा लागि विशेष दिन छ, भोलि नेपालसँगको खेल पनि जितेर सुखद अन्त्य गर्न चाहन्छौं,’ उनले भने ।

लगातार चार पराजयपछि आज यूएईले एउटा जित हात पारेको हो । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत बुधबार पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध ६ विकेटको जित निकालेसँगै यूएईले राम्रो कमब्याक गरेको हो । पिएनजीले दिएको २ सय ३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । कप्तान ७६ बलमा १२ छक्का र ६ चौकासहित ११९ रन बनाए । ओडिआईमा वसिमको यो करियरमा उत्कृष्ट पारी हो ।

Share News