काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी संरचना परिवर्तन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनी समूहको संरचना परिवर्तन गरेको हो ।
कम्पनीका अनुसार संस्थापक र सर्वसाधारण सेयर समूहको सेयर अनुपात ५१:४९ मा परिणत गरिएको हो । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर अनुपात ६०ः४० को रहेको थियो ।
सेयर अनुपातलाई ५१ः४९ मा परिणत गर्न नेपाल बीमा प्राधिकरणले समेत स्वीकृति दिइसकेको कम्पनीले जनाएको छ । साथै कम्पनीको १५ औं बार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
साथै सो बमोजिम आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभएमा ७ दिनभित्र कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाण्डौंमा लिखित जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । यदि उक्त अवधिमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।