नेपाल इन्स्योरेन्सको सञ्चालकमा जोगाई र पौडेल नियुक्त

<p>काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । चैत १ गते बसको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले जोगाई र पौडेललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक जोगाई अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् । यसअघि संस्थापक सेयरधनी समूह अन्तर्गतको अग्रिम इन्टरनेशनका [&hellip;]</p>

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । चैत १ गते बसको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले जोगाई र पौडेललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक जोगाई अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् ।

यसअघि संस्थापक सेयरधनी समूह अन्तर्गतको अग्रिम इन्टरनेशनका प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण सेयरधनी समूहबाट अर्जुन पौडेलले प्रतिनिधित्व गरेका थिए । उनीहरुले राजिनामा दिएसँगै कम्पनी सञ्चालक समितिले दुई जनालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

Share News