नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनीको लागि सय भन्दा बढी स्टल बुकिङ

<p>काठमाडौं । भृकुटीमण्डपमा चैत १० गतेदेखि नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुँदै छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयोजनमा उक्त प्रदर्शनी हुने भएको हो । ‘नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा चैत १० गतेदेखि सुरु भई १२ गतेसम्म सञ्चालन हुने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । [&hellip;]</p>

काठमाडौं । भृकुटीमण्डपमा चैत १० गतेदेखि नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुँदै छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयोजनमा उक्त प्रदर्शनी हुने भएको हो ।

‘नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा चैत १० गतेदेखि सुरु भई १२ गतेसम्म सञ्चालन हुने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा बढी स्टल रहने छन् ।

देशभर रहेका प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङसँग सरोकार राख्ने व्यापार-व्यवसायलाई एकै ठाउँ ल्याएर व्यापार साझेदारी गर्नका लागि साझा मञ्च प्रदान गर्नका लागि पनि उक्त प्रदर्शनीको आयोजना गरेको भट्टराईले बताए । उनका अनुसार प्रदर्शनी अवधि भर २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा  छ ।

प्रदर्शनीमा निःशुल्क प्रवेश गर्न सकिने छ । यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस्, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्टस्, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरोगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहने जनाइएको छ ।

तीन दिन सञ्चालन हुने उक्त प्रदर्शनीमा उद्योग र व्यापार-व्यवसायलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने अपेक्षा लिएको पनि भट्टराईले बताए ।

अहिले सय भन्दा बढी स्टल बुकिङ भइसकेको छ । अहिले पनि उक्त प्रदर्शनीमा स्टल राख्न चाहनेहरूले बुकिङ गर्न सक्ने भट्टराई बताउँछन् । उनका अनुसार सोमबार मंगलबार भित्र स्टल बुकिङ भइसक्छ ।

Share News