रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

<p>भक्तपुर । पछिल्लो समय जीवनबीमा र यसको जनचेतनाले पु¥याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हुँदै गएको छ । यसै सन्दर्भमा भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियानदुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलिसी उपहार स्वरुप प्रदान गरेका छन् । जीवन किरण [&hellip;]</p>

भक्तपुर । पछिल्लो समय जीवनबीमा र यसको जनचेतनाले पु¥याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हुँदै गएको छ । यसै सन्दर्भमा भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियानदुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलिसी उपहार स्वरुप प्रदान गरेका छन् ।

जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर एवम् एमडिआरटी सदस्य बबिब दुवालले जन्मोत्सवका बिच बीमा पोलिसी हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताइन् । जीवन बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसी लिएकोमा दुवाल परिवारलाई वागमती प्रदेश प्रमुख मदन विष्टले बधाई एवम् धन्यवाद दिएका थिए ।

Share News