काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/÷७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट फागुन २९ गते स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २७ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, सोही बीमा लेख अन्तर्गत रहेको १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४९ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकेको छ ।
कम्पनीका अनुसार १० वर्षदेखि १४ वर्ष अवधिसम्मका १०८ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ६४७ वटा र २० वर्षदेखि २४ वर्ष अवधिसम्मका २६५ वटा बीमालेख बिक्री गरेको छ ।
सावधिक (रेगुलर)जीवन बीमालेख
सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको प्रतिहजार ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मको प्रतिहजार ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मका ९३६ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका २१७ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १ हजार ६८६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ३१५ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ६ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिका २ वटा बीमालेख बिक्री गरेको छ ।
सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेख
यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ४६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको ६८४ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि २ हजार ३०६ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३६ हजार ७३९ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको १६ हजार ४९७ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ३२५ वटा र ३० वा सोभन्दा माथि अवधिका १२९ वटा बीमालेख बिक्री गरेको छ ।
सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख)
यस बीमालेख अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि १ हजार ५३९ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १२ हजार १६१ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको ४ हजार ९५९ वटा र २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका १८ वटा बीमालेख बिक्री गरेको छ ।
वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २८ रुपैयाँ बोनसदर तोकेको छ ।
कमपनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका ४७ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ३६८ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४ हजार ९६२ वटा र २० वर्ष वा सोभन्दा माथि अवधिका ११ हजार २६ वटा बीमालेख बिक्री गरेको छ ।
सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना)
सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० वर्षदेखि ९ वर्ष अवधिसम्मका १८९ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ९७० वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ९ हजार २३६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ८ हजार २५ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २९६ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिसम्मका ७६ वटा बीमा लेख बिक्री गरेको छ ।
कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।