नेपालका लागि भियतनामका अवैतनिक वाणिज्य दूतमा डा.राजेश काजी श्रेष्ठ नियुक्त

<p>काठमाडौं, ८ कात्तिक । नेपालका लागि भियतनामका अवैतनिक वाणिज्य दूतमा डा. राजेश काजी श्रेष्ठ नियुक्त भएका छन् । नेपालका लागि भियतनामका राजदूत टोन सिन्ह थानहोले आज एक कार्यक्रम बीच वाणिज्यदूतको कार्यालय समुद्घाटन गरेका हुन् । वाणिज्यदूतको कार्यालय स्थापनाले नेपाल र भियतनाम बीचको व्यापार, लगानी तथा पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्न जाने छ । लाजिम्पाट स्थित वाणिज्यदूतको [&hellip;]</p>

काठमाडौं, ८ कात्तिक । नेपालका लागि भियतनामका अवैतनिक वाणिज्य दूतमा डा. राजेश काजी श्रेष्ठ नियुक्त भएका छन् । नेपालका लागि भियतनामका राजदूत टोन सिन्ह थानहोले आज एक कार्यक्रम बीच वाणिज्यदूतको कार्यालय समुद्घाटन गरेका हुन् । वाणिज्यदूतको कार्यालय स्थापनाले नेपाल र भियतनाम बीचको व्यापार, लगानी तथा पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्न जाने छ ।

dr_rajesh_kaji_shresthaलाजिम्पाट स्थित वाणिज्यदूतको कार्यालयको समुदघाटन पश्चात वाणिज्यदूतको निवासमा झण्डोत्तलन कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा नेपाल र भियतनामको राष्ट्रिय गानबाट कार्यक्रम प्रारम्भ गरिएको थियो ।

कार्यक्रमका अवसरमा राजदूत टोन सिन्ह थानहोले नेपालमा भियतनामको वाणिज्यदूत स्थापनाले नेपाल भियतनाम विचको आर्थिक, व्यापारिक तथा सांस्कृतिका सम्वन्ध अभिवृद्धिमा मद्दत पुग्न जाने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल र भियतनाम विच सांस्कृतिक एकता रहेको बताउंदै भियतनामका बुद्ध धर्मावलम्वीहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याएर नेपालले आर्थिक फाईदा लिन सक्ने बताए । यसै गरी भियतनामका व्यवसायीहरु नेपालमा लगानी गर्न उत्सुक रहेकोले वाणिज्यदूतको कार्यालय स्थापनाले लगानी अभिवृद्धि गर्न समेत मद्दत पुग्ने उनले जानकारी गराए ।

कार्यक्रमका अवसरमा संक्षिप्त मन्तव्य दिदैं वाणिज्यदूत डा. राजेश काजी श्रेष्ठले भियतनाम सरकारले आफूलाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै दुई देश विचको आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकासमा आफूले पूलको भूमिका निर्वाह गर्ने जानकारी गराए । उनले भियतनाम पनि बुद्ध दर्शनबाट प्रभावित रहेकोले दुवै देशले धार्मिक पर्यटनको माध्यमबाट प्रशस्त फाईदा लिन सक्ने बताए ।

वाणिज्यदूत श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेकोले कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका सेवा क्षेत्र बारे आफूले भियतनामको पूजीं र प्रविधि भित्र्याउन तथा नेपाली उद्यमी व्यवसायीहरुलाई भियतनामको बजार बारे अवगत गराउने बताउदै नेपाली उत्पादनको भियतनाममा बजारीकरण गर्न सक्दो भूमिका निर्वाह गर्ने बताएका छन् ।

Share News