काठमाडौं, ८ कात्तिक । सोमबार सेयर बजारमा १३ दशमलब ५० अंकको गिरावट भएको छ । सो दिन परिसूचक दोहोरो अंकले घटेर १७६८ अंकमा पुगेको छ । सोमबार १२५ कम्पनीको १० लाख कित्ता सेयर ९२ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी ललितपुर फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । सो फाइनान्सका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् भने रकमका आधारमा प्रतिकित्ता सेयर १६ रुपैयाँ गुमाएका छन् । सिनर्जी फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । उक्त संस्थाको प्रतिकित्ता सेयर करिब १६५ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, पोखरा फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ५ प्रतिशतले, सप्तकोशी फाइनान्सको ४.७६, सेवा विकास बैंकको ३.९४ र जबिल्स फाइनान्सको ३.९२ प्रतिशतले घटेको छ ।

त्यस्तै, लुम्बिनी फाइनान्सका लागानीकर्ताले प्रतिकित्ता सेयर १८ रुपैयाँ, नमस्ते वित्तिय संस्थाले ३० रुपैयाँ, सेती फाइनान्सले २० रुपैयाँ र ज्योती विकास बैंकले १६ रुपैयाँ गुमाएका छन् । प्रतिशतका आधारमा यी कम्पनीका लगानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् ।
बजारमा सिर्जना फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता सेयर २६९ रुपैयाँ कमाएका छन् । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, कामना विकास बैंक र जनउत्थान लघुवित्ति विकास बैंकको क्रमशः ५ र ४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
सो दिन फाइनान्स समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३८.५६ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमश २४, १८ र १५ अंकले घटेका छन् । फाइनान्स समूहको परिसूचक भने ४.८२ अंकले उकालो लागेको छ ।
सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टड बैंकको करिब १० करोड बढीको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ७ करोड रुपैयाँको र लुम्बिनी जनरल इन्स्योरेन्सको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।