मर्जरलाई अन्तिम रुप दिन आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सले डाके विशेष साधारणसभा

<p>काठमाडौं । मर्जर प्रक्रियामा रहेका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै कम्पनीका सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले चैत २२ गते विशेष साधारण सभा बोलाएका हुन् । आइएमई जनरल इन्स्योरेन्सको लैनचौर ब्याङ्क्वेट काठमाडौंमा र प्रुडेन्सियल इन्स्योरेन्सको होटेल इच्छा सिमरा बारामा बिहान ११ बजे साधारणसभा गर्ने भएका [&hellip;]</p>

काठमाडौं । मर्जर प्रक्रियामा रहेका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै कम्पनीका सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले चैत २२ गते विशेष साधारण सभा बोलाएका हुन् ।

आइएमई जनरल इन्स्योरेन्सको लैनचौर ब्याङ्क्वेट काठमाडौंमा र प्रुडेन्सियल इन्स्योरेन्सको होटेल इच्छा सिमरा बारामा बिहान ११ बजे साधारणसभा गर्ने भएका हुन् ।

सोमबार दुई कम्पनीबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो । आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी सेयर अनुपात १ः१ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जरपश्चात् कम्पनीको केन्द्रिय कार्यालय आइएमई जनरल इन्स्योरेन्सको हाल कै कार्यालय कायम रहने छ ।

विशेष साधारणसभा प्रयोजनार्थ आइएमई जनरलले चैत्र १३ गते र प्रुडेन्सियलले चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले अघिल्लो दिनसम्म सेयर खरिद गरि कायम सेयरधनीहरु मात्रै सभामा सहभागि हुन पाउने छन् ।

Share News